पवन मरासिनी, स्याङ्जा भदौ ५/ पुतलीबजार नगरपालिका ३ गैरिखेत स्थित सरस्वती माध्यमिक विद्यालयमा नेपाल भारत मैत्री संघ स्याङ्जाले शैक्षिक सामग्री वितरण गरेको छ । मित्र राष्ट्र भारतको ७९ औ स्वतन्त्रता दिवसको अवसरमा सो विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिहिबार शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगर प्रमुख तुलसी राम रेग्मीले स्वतन्त्रता दिवसको अवसर पारेर यस किसिमको कार्यक्रम गरेकोमा नेपाल भारत मैत्री संघ स्याङ्जालाई धन्यवाद व्यक्त गरे । उनले यो सस्थाको सहयोग विद्यार्थीहरुका लागि हौसला र उत्प्रेरणा बन्ने विश्वास राखे । सो क्रममा नगर प्रमुख रेग्मीले लगनशील र मेहेनती भएर अगाडि बढ्न र पढ्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।

कार्यक्रममा कार्यबहाक वडा अध्यक्ष सबिता पौडेल शर्मा, नगर शिक्षा अधिकारी बाबुराम बराल, नेपाल भारत मैत्री संघ स्याङ्जाका अध्यक्ष याम बहादुर गुरुङ, सदस्यहरु चक्र बन्धु रेग्मी, भुपराज बगाले, केशर बहादुर कुवर, विद्यालय व्यवस्थापन समितिका सदस्य गीता सुनार, बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर गोदार लगायतले आआफ्ना धारणा राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक प्रकाश कोइरालाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार