काठमाण्डौ, असोज २५ । निर्वाचन आयोगले सरकारी शिक्षक तथा सरकारी कर्मचारीले उम्मेदवारको समर्थन र विरोधमा प्रचार–प्रसार गरेको भन्दै निर्वाचन आयोगले आपत्ति जनाएको छ ।
शिक्षक र कर्मचारीले चुनाव प्रचार गर्नु आचारसंहिता विपरीत हुने भन्दै निर्वाचन आयोगले त्यसो नगर्न देशैभरिका शिक्षक र कर्मचारीहरुलाई सचेत गराएको छ ।
अनुगमनका क्रममा कतिपय कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीहरुको शेयर र लाइक गरेको पाइएको भन्दै आयोगले उनीहरुमाथि आवश्यक कारवाही थालेको जनाएको छ ।
आचार संहितामा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारपसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।
आचारसंहिता विपरीतका काम गनैलाई स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले स्पष्ट पारेको छ ।