पोखरा, ७ जेठ/ स्वस्थ शरीर, सक्रिय जीवन र भाईचारा हाम्रो अभियानू भन्ने मूल नाराका साथ पोखरामा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूका लागि विशेष मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ।
पोखरा महानगरपालिका वडा नं ५ वडा कार्यालयको प्रवर्द्धन तथा जेष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समिति, पोखरा ५ को आयोजनामा आगामी जेठ ९ गते शनिबार बिहान ७ बजेदेखि बाराही माबिको खेल मैदान प्रतियोगिता हुन लागेको हो।
प्रचार प्रसार समितिका संयोजक बसन्तराज गौतमद्वारा जारी विज्ञप्ति अनुसार, जेष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य र सक्रिय जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो ूजेष्ठ नागरिक वाकिङ फुटबल खेल, मैत्रीपूर्ण कार्यक्रम २०८३ू आयोजना गर्न लागिएको हो। ूहिँड्दै खेलौँ, मिलेर खेलौँ, रमाएर बाँचौूँ भन्ने मूल नारा बोकेको यस वडास्तरीय खेलकुद प्रतियोगिता पोखराको मालेपाटनमा सञ्चालन हुनेछ।
बिहिबार गरिएको पत्रकार सम्मेलनमा जेष्ठ नागरिक वाकिङ फुटबल खेलका संयोजक डा। सरोज कोइरालाले नागरिकहरूलाई राज्यले दिने सम्मान र उनीहरूको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताउनु भयो ।
ूहामीले वेबसाइटमा सर्च गर्दा संसारभर ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको वर्ल्ड कप ९ध्यचमि ऋगउ० हुने रहेछ भन्ने थाहा पायौँ, जसमा नेपालले अहिलेसम्म भाग लिएको छैन,ू उहाँले भन्नुभयो, ूत्यसैले नेपालमै पहिलो पटक यस्तो प्रतियोगिताको सुरुवात गरेर एउटा सकारात्मक सन्देश दिन खोजेका हौँ।ू
पूर्ण रूपमा गैर(राजनीतिक र जनस्तरको प्रयास
यो कार्यक्रम पूर्ण रूपमा गैर(राजनीतिक, नाफारहित र जनस्तरबाट स्वतःस्फूर्त रूपमा सुरु गरिएको डा। कोइरालाले स्पष्ट पार्नुभयो। कार्यक्रमका लागि कतैबाट चन्दा वा आर्थिक सहयोग मागिएको छैन र आयोजकहरू आफैँले रकम जुटाएर यसको व्यवस्थापन गरेका छौँ। ।
७० जना जेष्ठ नागरिकहरूको सहभागिता
प्रतिकूल मौसम र अन्य प्राविधिक चुनौतीका बाबजुद हालसम्म ७० वर्ष उमेर पुगेका ९वि।सं। २०१३ साल वा सोभन्दा अघि जन्मिएका० ७० जना पुरुष जेष्ठ नागरिकहरूले प्रतियोगिताका लागि नाम दर्ता गराइसकेका छन्। उमेर प्रमाणित गर्न नागरिकता वा छिमेकीहरूको सनाखतलाई आधार मानिएको छ।
वडा नम्बर ५ को खेल मैदान र भविष्यको योजना
पोखरा वडा नम्बर ५ मा रहेको उपयुक्त फुटबल मैदानको प्रयोग गर्दै यो खेल खेलाइनेछ। हाललाई यो प्रतियोगिता वडा स्तरमा सीमित रहे पनि भविष्यमा यसलाई छिमेकी वडाहरू र महानगरपालिकाकै स्तरमा समेत विस्तार गर्ने योजना रहेको संयोजक डा। कोइरालाले बताउनुभयो। खेललाई व्यवस्थित बनाउन रेफ्री र प्राविधिक टोलीको सम्पूर्ण तयारी पुरा भइसकेको छ।
संयोजक डा। कोइरालाले यो एउटा नौलो, अनुपम र उदाहरणीय प्रयास भएकाले यसलाई सकारात्मक रूपमा आम नागरिक र राज्यसम्म पुर्याइदिन पत्रकार तथा सञ्चार माध्यमहरूलाई हार्दिक आग्रह समेत गर्नुभएको छ।समितिका कोषाध्यक्ष हेमराज भण्डारी तथा युवा शिक्षा तथा समाजसेवी लक्ष्मण वराल लगायतले खेललाई सम्पन्न गर्नका लागि जनस्तबाट रकमको जोहो गरिएको बताउनु भयो । भण्डारीका अनुसार प्रतियोगितामा करिब २ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
खेलका विशेष नियमहरूस् जेष्ठ नागरिकहरूको उमेर र स्वास्थ्यलाई ध्यानमा राख्दै खेलका लागि विशेष नियमहरू निर्धारण गरिएका छ
१। यस खेलमा उच्च गतिमा दौडिन पाइने छैनस हिँड्दै खेल्ने खेलाडीलाई प्राथमिकता दिइनेछ।
२। खेल अवधिभर एक आपसमा टक्कर दिने, धक्का दिने वा कडा ट्याकल गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
३। सानो मैदान र थोरै खेलाडीहरू राखी सबैको सहभागिता सुनिश्चित गरिनेछ। ४। स्वास्थ्य, मित्रता, सम्झना र आनन्द नै यस खेलको मुख्य प्राथमिकता रहेको छ।
खेलका फाइदाहरूस् आयोजकका अनुसार यस प्रकारको खेलकुदले जेष्ठ नागरिकहरूको मन र शरीरलाई स्वस्थ राख्न मद्दत पुग्नेछ। यसका साथै, पुराना साथीभाइहरूसँग पुनर्मिलन हुने र सामाजिक सम्बन्ध प्रगाढ बन्ने अवसर मिल्नुका साथै जेष्ठ नागरिकहरूलाई सुरक्षित रूपमा खेलकुदमा सक्रिय रहन उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ।

