- सबिन रेग्मी

पोखरा भदौ २१/ नेपाली चलचित्र कोशेढुगां हेर्न पोखराका हलमा दर्शकको भिड नै लागेको छ । प्रदर्शनमा आएको दिन देखि नै दर्शकले हल भरिभराउ भएपछि निर्माण पक्ष तथा कलाकारहरु हौसिएका छन् । चलचित्र निर्माण टोली कलाकारसहित शुक्रबार पोखराको मिडटाउनमा दर्शकसँग भेटेर प्रत्यक्ष प्रतिक्रिया लिएका थिए ।शुक्रबार पोखरामा चलचित्रका मुख्य कलारकहरु आर्यन सिक्देल,सुरक्षा पन्त, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा लगाएतका कलाकारको सहभागिता रहेको थियो । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् ।देशका विभिन्न शहरका सिनेमा हलमा गएर दर्शकको प्रतिक्रिया बुझ्ने निर्माण पक्षलले जनाएको छ ।चलचित्रले नेपाली दाजुभाई दिदिबहिनीलाई नेपालमै केहि गर्नका लागि उत्प्रेरित गरेको छ भने बिदेशमा गएर पनि सोचे जस्तो सहज तरिकाले काम गर्न नसकिने उल्लेख गरेको छ ।

कोशेढुंगा’ को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको हो । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् । कार्यकारी निर्माता दिनेश खड्का भने यसको बाबु श्रेष्ठले छायांकन गरेका हुन् । चलचित्रको सम्पादनमा सुरेन्द्र पौडेल रहेका छन् । चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार