पोखरा भदौ २१/ कास्की फर्निचर तथा फर्निसिङ व्यवसायी संघको २२ औं साधारण सभा सम्पन्न शनिवार सम्पन्न भएको छ । कार्यक्रममा आफ्नो भनाई राख्दै सव डिभिजन वन कार्यालय कास्कीका अधिकृत कोमलराज काफ्लेले नेपाली उत्पादनलाई उपभोग गर्ने गरी ब्यवसायी आफैंले गुणस्तर र समय सापेक्ष उत्पादनमा पहल गर्न सके आयातमा भएको आकर्षण घट्दै नेपाली वस्तु तथा उत्पादन निर्यात हुनसक्ने बताए।संघका अध्यक्ष सोमनाथ अर्यालले संस्थाले फर्निचर तथा फर्निसिङ व्यवसायी संघको हक हितको लागि काम गर्दै आइरहेको बताए ।संघका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद तिवारी, केन्द्रीय सल्लाहकार पिताम्बर अधिकारीले बिना भएका उद्योगलाई कारबाही गरिनुपर्ने तथा नियमित अनुगमन गर्नुपर्ने बताए।संघका महासचिव परमेश्वर दवाडीले फर्निचर तथा कच्चा पदार्थ ढुवानीका समस्यालाई सम्बन्धित निकायलाई जानकारी गराउने तथा सहजीकरण गरिने उल्लेख गरे ।

संघका कोषाध्यक्ष राजेन्द्र पण्डितले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। आर्थिक वर्ष २०८१÷८२ मा संघले १५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको उनले उल्लेख गरे ।फर्निचर महासंघका केन्द्रिय अध्यक्ष युवराज पौडेलले फर्निचर उद्योगलाई रोजगारी दिने प्रमुख क्षेत्रका रुपमा अगाडि बढाउन सकिने बताए । केही जिल्लामा नियम संशोधन भए पनि अझै पनि पुरानै नियम लागू भइरहेको बताउँदै उनले समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाए। वन नियम र कच्चा पदार्थ सम्बन्धी कानुनी प्रावधानबारे उद्योगी–व्यवसायीलाई स्पष्ट जानकारी हुनुपर्ने उनले बताए।

कार्यक्रममा महासंघका तृतिय उपाध्यक्ष ज्ञानबहादुर नेपाली, पोखरा चेम्बर अफ कर्मसका अध्यक्ष उमराज बास्तोला, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ गण्डकीका अध्यक्ष हिरामणी पण्डित, वन पैदावार कास्कीका अध्यक्ष नरबहादुर गुरुङ, फर्निचर तथा फर्निसिङ व्यवसायी संघमा आबद्ध ब्यक्तिहरुको सहभागिता रहेको ।कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, विज्ञापनदातालाई सम्मान समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार