गोरखा, असोज २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएका छन् ।
प्रचण्डले बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दायाँ–बाँया राखेर उम्मेदवारी दर्ता गराएका हुन्।
उक्त क्षेत्रमा २०७४ मा भट्टराईले श्रेष्ठलाई पराजित गरेका थिए । अघिल्लो पटक चितवनवाट उम्मेवार भएका प्रचण्ड यसपटक गोरखा उक्लेका हुन्।