पोखरा मंसिर ४/ नेपाल वन प्राविधिक सङ्घले ५२ औँ स्थापना दिवस मनाएको छ । बिहिबार वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको सभा हलमा स्थापना दिवस मनाएको हो । कार्यक्रममा नेपाल वन प्राविधिक सङ्घ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गणेशबहादुर कार्कीको अध्यक्षतामा भएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकार का वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल रहनुभएको थियो । त्यस्तै विशेष अतिथि गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद गौतम प्राध्यापकहरू जितनारायण शाह महेन्द्र सिंह थापा कस्केली वन प्राविधिक समाजका अध्यक्ष एवं निवर्तमान प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ लगायतका वनप्राविधिकहरूको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा मा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई २०८३ सालदेखि वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको नाममा स्थापना गरिएको जहेनदार वन प्राविधिक अक्षय कोष बाट नियमानुसार प्राप्त हुने ब्याज रकमबाट जेहेनदार वन प्राविधिक पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो ।
साथै गण्डकी प्रदेशमा क्रियाशील रहनुभएका वन कर्मचारी वा प्राविधिकहरूमध्ये वनरक्षक वा सोसरह देखि रेन्जर वा सो सरहसम्मका वन प्राविधिक वा कर्मचारीहरूमध्येबाट एकजना र अधिकृत स्तर वा सोभन्दा माथिका वन प्राविधिक वा कर्मचारीहरूमध्येबाट एकजना उत्कृष्ट वनप्राविधिक वा कर्मचारी छनौट गरी प्रत्येक उत्कृष्ट वन प्राविधिक वा कर्मचारीलाई यो आर्थिक वर्ष लाई आधार वर्षमानी आगामी आर्थिक वर्षदेखि जम्मा ५ हजार नगद र प्रमाणपत्र प्रदान गरी गरिने घोषणा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि भेषबहादुर पौडेल विशेष अतिथिहरू कस्केली वन प्राविधिक समाजका अध्यक्ष रामकाजी श्रेष्ठ वनविज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख नारायण प्रसाद गौतम वन तथा वातावरण मन्त्रालयका सचिव मोहन राजकाफ्ले र नेपालवन प्राविधिक संघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गणेश बहादुर कार्कीले आफ्नो भनाई राख्नुभएको थियो ।नेपाल वन प्राविधिक सङ्घ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गणेशबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल वन प्राविधिक सङ्घ गण्डकी प्रदेश कमिटीका कोषाध्यक्ष मदन सुवेदीले गर्नुभएको थियो।


